| मङ्लबार, कार्तिक २४, २०८३

बुढीगण्डकीमा डुबेर एक बालक बेपत्ता

बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । गण्डकी गाउँपालिका–८ का ११ बर्षीय निकेस नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार दिउँसो करिव चार बजे बुढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर नेपाली वेपत्ता भएका हुन् ।

घटनाबारे आफन्तले प्रहरीलाई जानकारी गराए पश्चात खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘खवर पाएसँगै स्थानीयको सहयोगमा हाम्रो टोलीले खोजी कार्य तिव्र पारेको छ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने ।

प्रतिक्रिया दिनुहोस्