| मङ्लबार, कार्तिक २४, २०८३

चुम्चेत प्रहरी चौकीलाई सोलार प्रविधि हस्तान्तरण

चुमनुब्री गाउँपालिका ६ चुम्लिङस्थित चुम्चेत प्रहरी चौकीलाई एक संस्थाले सोलार प्रविधि हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका बीच चौकी इञ्चार्ज अमरप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

जलविद्युत आयोजनामा क्षति पुगेका कारण कार्यालयमा आपूर्ति सेवा नहुँदा चौकीले धेरै समस्या भेल्नुपरेको बारे जानकारी भएपछि त्यस क्षेत्रमा कार्यरत चुम कम्युनिटी स्कूल प्रोजेक्टले सोलार प्रविधिको व्यवस्था गरेको हो । सो संस्थाको अनुरोधमा तेञ्जिङ एण्ड डोल्मा फाउण्डेशन फ्रान्सले सोलार प्रविधि उपलब्ध गराएको थियो ।

शनिबार स्थानीय समाजसेवी चित्रबहादुर गुरुङ र चुम कम्युनिटी स्कूल प्रोजेक्टका धावा ग्याल्जेन लामाले प्रहरी चौकी इञ्चार्ज श्रेष्ठलाई सो सोलार प्रविधि हस्तान्तरण गरेका थिए । गत बर्खायाममा बाढी पहिरोले स्थानीय लघु जलविद्युत आयोजना क्षतिग्रस्त भएपछि चुमनुब्री ६ का स्थानीयबासी, विद्यालय, प्रहरीचौकी, स्वास्थ्यचौकीहरुमा विद्युत सेवा प्रवाहमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्