
जिल्ला खेलकुद बिकास समिति गोरखाको अध्यक्षमा तामाङ
जिल्ला खेलकुद बिकास समिति गोरखाको अध्यक्षमा प्रेमबहादुर तामाङ नियुक्त भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषदको यही चैत्र १७ गतेको मन्त्री स्तरीय निर्णयले तामाङलाई अध्यक्ष पदमा मनोनित गरेको हो ।
प्रदेश खेलकुद बिकास नियमावली २०७८ को नियम ११ को उपनियम ४ बमोजिम पदावधि रहने गरी उल्लेखित नियमावलीको नियम ११ को उपनियम १ (क) को व्यवस्था अनुसार तामाङलाई अध्यक्ष पदमा मनोनयन गरिएको परिषदका सदस्य सचिव श्रीधर शर्माले बताए । अध्यक्षमा मनोनित भएका तामाङ अजिरकोट गाउँपालिका–४ निवासी हुन् ।
त्यस्तै समितिको उपाध्यक्षमा मुकेश वानिया, सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा होमबहादुर थापा नियुक्त भएको परिषदले जनाएको छ ।




