| मङ्लबार, कार्तिक २४, २०८३

गजल संग्रह बिक्री बापतको रकम आश्रमलाई सहयोग

सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले आफूले प्रकाशन गरेको गजल संग्रह बिक्री वापत उठेको रकम मानव सेवा आश्रम गोरखालाई सहयोग गरेका छन् ।

‘बसन्तको आँकुरा’ नामक गजल संग्रह विक्री वापत हालसम्म संकलन भएको १६ हजार ८ सय रुपैया उनले आश्रमलाई सहयोग गरेका हुन् । शनिवार आश्रम पुगेर अध्यक्ष थापाले उक्त रकम बराबरको चेक आश्रमकी जिल्ला शाखा संयोजक अन्जु मोक्तानलाई हस्तान्तरण गरेका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा राज्यपक्षबाट बेपत्ता पारिएकी माहिली बहिनी गिता थापा मगरको सम्झनामा उनले गजल संग्रह प्रकाशन गरेका थिए । केही दिनअघि उक्त संग्रहको बिमोचन गरिएको थियो ।

बिमोचन कार्यक्रममा बोल्दै थापाले उक्त संग्रह बिक्री गरे वापत प्राप्त हुने रकम मानव सेवा आश्रमका बालबालिकालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्