
जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ
सुस्तमनस्थितीकी १९ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ का सुचन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गत बिहीवार दिउँसो महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा गुरुङलाई शुक्रवार पक्राउ गरिएको प्रहरी निरीक्षक ध्रवप्रसाद शर्माले बताए ।
पक्राउ परेका गुरुङ विरुद्ध आइतबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




