| आइतवार, कार्तिक २२, २०८३

घ्याम्पेसाल–ताकु सडक कालोपत्रेको काम सुरु

ढिलै भएपनि बारपाक सुलिकोट गाउँपालिकको केन्द्र जोड्ने घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकु सडक कालोपत्रेको काम सुरु भएको छ । योजनाको म्याद सकिन केही दिनमात्र बाँकी हुँदा कालोपत्रेको काम सुरु भएको हो ।

कुल ८.३६८ किलोमिटर खण्डको उक्त सडक कालोपत्रेका लागि २९ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त सडक कालोपत्रेका लागि एमएस बिरुवा वाइबा एण्ड लामा जेभीसँग २०७७ साउन १५ गते ठेक्का सम्झौता भएको हो । २०८१ साल चैत्र मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको कार्यालयका इन्जिनियर कपिल काप्रीले बताए । ‘कोभिडले गर्दा काममा केही ढिलाई भयो,’ उनले भने, ‘तर अहिले धमाधम काम भइरहेको छ ।’

आयोजना अन्तरगत सडक कालोपत्रेसँगै एक मिटर चौडाईको नाली निर्माण र विभिन्न ठाउँमा ग्याविन तथा मेसिनरी वाल निर्माणको काम समेत भएको उनले जानकारी दिए । अस्फाल्ट प्रविधिको कालोपत्रे हुने बताउँदै उनले सडकको चौडाई भने ७ मिटर रहने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्