
प्रेस सेन्टरको समावेशी उपाध्यक्षमा दिपक श्रेष्ठ
प्रेस सेन्टर नेपालको समावेशी उपाध्यक्षमा दिपक श्रेष्ठ चयन भएका छन् । काठमाडौँमा जारी प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी समावेशी उपाध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । श्रेष्ठ जिल्ला स्थित रेडियो मनासलुका स्टेशन मयानेजर हुन् ।
यस्तै, महाधिबेशनबाट गोरखाकी संगिता चेपाङ केन्द्रिय सदस्यमा चयन भएकी छन् । उनी चितवनको रेडियो इच्छाकामनामा कार्यरत छिन् ।




