| मङ्लबार, कार्तिक २४, २०८३

मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम हुँदै

विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा व्यवसायीक मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम संचालन हुने भएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ५ लाख रुपैँया बजेटमा तालिम तथा घार वितरण कार्यक्रम संचालन हुन लागेको हो ।

कार्यक्रम अन्तरगत निवेदन संकलनको काम भईसकेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले बताए । ‘हाल निवेदन संकलनको काम भईसकेको छ । संकलित निवेदनलाई छनोट गरेर अन्य प्रक्रियाहरु अघि बढाउने तयारीमा छौँ’, उनले भने, ‘तालिममा सहभागिहरुको माग अनुसार ५ दिने बेसिक वा ७ दिने एडभान्स तालिम संचालन गर्न सकिन्छ ।’

तालिम पश्चात सहभागिहरुलाई पालिकाको ८५ प्रतिशत र व्यक्तिको १५ प्रतिशत लागतमा घार पनि वितरण गरिने उनले बताएका छन् । आगामी बैशाखको पहिलो हप्ताभित्र तालिम संचालन गर्ने तयारी भईरहेको प्रमुख प्रशासकिय अधिकृत लामिछानेको भनाई छ । पालिकाको ३ नं वडा सिर्दिबासमा मात्र मौरी पालनको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्