| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा काष्ठ व्यवसायी संघको छैटौं साधारण सभा सम्पन्न

गोरखा काष्ठ व्यवसायी संघको छैटौं साधारण सभा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा काष्ठ व्यवसायीहरुको हकहितका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने विषयहरुमा छलफल भएको संघका अध्यक्ष रुपलाल कुमालले बताए ।

काष्ठ उद्योगमा काम गर्ने कामदारहरुको विमा गराउने तयारी समेत गरिएको उनले जानकारी दिए । ‘उद्योगमा मेसिनहरु हुन्छ, दुर्घटना नहुने भन्ने पनि हुन्न, हुन सक्ला,’ उनले भने, ‘भोलिको दिन कसले देखेको छ र ? कसैलाई केही भइ हाल्यो भने भनेर हामीले कामदारको दुर्घटना सम्बन्धी विमा गराउने भनेका छौं ।’ कार्यक्रममा नेपाल वन पैदावार उद्योग व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष प्रेमलाल श्रेष्ठ र डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन साण्डिल्यले वन सम्बन्धी नीति नियमबारे प्रष्ट परेका थिए ।

संघका अध्यक्ष कुमालको अध्यक्षता तथा नेपाल वन पैदावार उद्योग व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री हरिशरण आचार्य, डिभिजन वन कार्यालय गोरखाका प्रमुख शाण्डिल्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्