| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा जेसीजका महिला सदस्यहरु सम्मानित

गोरखा जेसीजमा आवद्ध भएर बिभिन्न क्षेत्रमा योगदान पु¥याउने जेसीजका महिला सदस्यहरु सम्मानित भएका छन् । अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर मंगलवार गोरखा जेसीजले उनीहरुलाई सम्मान गरेको हो ।

न्यायिक क्षेत्रतर्फ गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, शिक्षा क्षेत्रतर्फ कल्पना श्रेष्ठ र सजिना ढकाल, वित्तिय क्षेत्रतर्फ सजना श्रेष्ठ, व्यवसायीक क्षेत्रतर्फ गिता मल्ल र स्वास्थ्य क्षेत्रतर्फ सदिक्षा श्रेष्ठलाई सम्मान गरिएको जेसीजका जिल्ला अध्यक्ष सुमन गुरुङले बताए । दोसल्ला ओडाएर कदर पत्रले उनीहरुलाई सम्मान गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्