
लेक लागेर बिरामी परेका बिदेशी नागरिकको हेलिबाट उद्वार
मनास्लु क्षेत्रमा लेक लागेर बिरामी परेका एक बिदेशी नागरिकको हेलिकप्टरबाट उद्वार गरिएको छ । लार्के पास गर्न हिडेका ६७ बर्षीय जोयसी डेनिस आउटिअरको मंगलवार अल्टिच्यूड एअरको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उनी क्यानडियन नागरिक हुन् । लार्के पास गर्न हिडेका उनी धर्मशाला पुगेपछि बिरामी परेका थिए । ‘सोमवार धर्मशाला पुगेपछि बिरामी हुनुभएछ,’ कार्यालयका सवित शाक्यले भने, ‘मंगलवार बिहान स्थानीयले बोकेर साम्दोसम्म झारेछन् र त्यहीबाट हेलिकप्टरले उद्वार गरेको हो ।’




