
काठको मुढाले लागेर एक महिलाको मृत्यू
भीरबाट खसेको मुढा लागेर घाँस काट्न गएकी एक वृद्ध महिलाको मृत्यू भएको छ । बारपाक सुलिकोट गाउँपालिका ४ तुक्राङ निबासी ६९ बर्षकी बिमाया बरामको दुर्घटनामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
गाउँ आसपासको बोरीखर्क जंगलमा घाँस काट्न गएकी वृद्ध महिला भीरबाट खसेको मुढाले लागेर घाइते भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यू भएको डिएसपी सुवेदीले जानकारी दिए ।
घटनाका बारेमा इप्रका जौबारीबाट खटिएका प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनले बताए ।




