| सोमवार, कार्तिक २३, २०८३

नमूना विद्यालयमा उत्पादनबिहिन लगानी मात्र

सरकारले गोरखाका दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुरटार, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेललाई नमुना विद्यालय घोषण ग¥यो । अरु सामुदायिक विद्यालयमा भन्दा कैयौं गुना धेरै लगानी ग¥यो । तर ती विद्यालयको शैक्षिक प्रगति भने औसत विद्यालयको जत्तिकै छ ।

२०७४ सालदेखि ती विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको हो । एसईईमा औसत २.४० जिपिए थियो । २०७५ मा २.४८, २०७६ मा २.५९, २०७७ मा २.७४, २०७८ मा २.२७ र वर्ष २०७९ मा २.२१ मात्र जिपिए ल्याएको छ । गतवर्ष २०८० को एसईई नतिजा झन घटेर जम्मा १.७२ जिपिए रहेको छ ।

भिमसेनथापा गाउँपालिका १ घ्याम्पेसाल स्थित दुल्लभ माविमा विद्यालयको गतवर्षको एसईई नतिजा औसत ७५.८६ प्रतिशत रहेको छ । बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले सुरुको वर्ष २०७५ सालमा विद्यालयले २.२५ जिपिए प्राप्त गरेको थियो । २०७६ मा २.८४, २०७७ मा ३.१४, २०७८ मा २.२० र २०७९ मा २.६५ जिपिए प्राप्त गरेको उल्लेख छ भने गतवर्ष जम्मा ०.५६ जिपिए प्राप्त गरेको छ ।

सिरानचोक–८ जौवारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसईई नतिजा ६४.२८ प्रतिशत रहेको छ । यस्तै, विद्यालयले २०७९ मा २.५५, २०७८ मा २.५३, २०७७ मा २.८५, २०७६ मा २.८५ र २०७५ मा २.८७ जिपिए ल्याएको थियो । पालुङटार नगरपालिका स्थित अमरज्योति जनता माविमा गत वर्ष एसईई परिक्षामा ९ जना अनुत्तिर्ण भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्