
आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिन ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुने
मानव सेवा आश्रम गोरखा शाखाको निर्माणाधिन भवनलाई पूर्णता दिने उद्देश्यले मंगलबार ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुने भएको छ । आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर जिल्ला सदरमुकाममा कार्यक्रम गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गर्दै आश्रमले जानकारी गराएको छ । कार्यक्रममा बरिष्ठ हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने आश्रमका संस्थापक रामजी अधिकारीले बताए ।
गोरखा नगरपालिका–८ मा निर्माणाधिन अवस्थामा रहेको आश्रमको भवनको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी गराए । बाँकी काम सम्पन्न गर्नका लागि करिव चार करोड रकम लाग्ने उनले बताए । सोही रकम जुटाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उनले जानकारी गराए ।
हाल भाडामा संचालन हुदै आएको आश्रमको गोरखा शाखामा ३६ जना बालबालिका आवासिय सुविधा सहित बस्छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने बताइएको छ । मानव शेवा आश्रम गोरखा शाखाको भवन निर्माणको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
गोरखा नगरपालिका वडा नं ८ मा रहेको शाखाको भवन निर्माणमा हालसम्म चार करोडभन्दा बढी रकम खर्च भईसकेको शाखाले जनाएको छ । भवन निर्माण सम्पन्न गर्न थप चार करोड रकम अपुग हुने उल्लेख छ । सोही रकम जुटाउने उद्देश्य सहित मंगलबार मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरिएको मानव शेवा आश्रम गोरखाकी संयोजक अन्जु मोक्तान (सम्भावना)ले बताइन् । शाखा कार्यालय गोरखामा हाल ३६ जना बालबालिकाहरु आश्रित रहेको उनले जानकारी दिए ।




