
पूर्वराजा ज्ञानेन्द्र चैत्र ९ गते गोरखा आउने
पूर्वराजा ज्ञानेन्द्र शाह यही चैत ( गते गोरखा आउने भएका छन् । राज परिवारको कुलदेवता भनेर चिनिने गोरखकालीको पूजा आराधना गर्न गोरखा आउन लागेका हुन् ।
पूर्वराजाको स्वागतका लागि गोरखा सदरमुकाममा ‘नागरिक समाज समिति’ गठन भएको छ । भगवानदास मल्लको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति गठन भएको हो । समिति अन्तरगत तीन उपसमिति समेत गठन भएको अध्यक्ष मल्लले बताए ।
पूर्वराजाको स्वागतमा केही कमी कमजोरी नहोस् भन्नका लागि उपसमितिहरु गठन भएको छ । पुर्वराजाको स्वागतका लागि आँबुखैरेनीदेखि मोटरसाइकल र्याली गरिने स्वागत सदस्य होमसिँह बस्नेतले जानकारी दिए । पूर्वराजा नौ बजे आँबुखैरेनी आइपुग्ने र मोटरसाइकल र्याली गदै दस बजे गोरखा आइपुग्ने गरी कार्यक्रम तय भएको उनले बताए ।




