| मङ्लबार, कार्तिक २४, २०८३

वृद्धाश्रम बस्ने एक वृद्धको बुढीगण्डकी किनारमा शव फेला

भीमसेन थापा गाउँपालिका–३ अमलेचौरस्थित लक्ष्मीनारायण धाम बुढीगण्डकी वृद्ध आश्रममा बस्दै आएका एक वृद्धको शव फेला परेको छ । ८५ बर्षीया देवबहादुर खत्रीको धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ पड्केघारीस्थित बुढीगण्डकी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो ४ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आरुघाट गाउँपालिका–१० घर भएका खत्री वृद्ध आश्रममा बस्दै आएका थिए । सोमवार बिहान ६ बजे बृद्धाश्रमबाट निस्केका उनी दिउँसो मृत अवस्थामा भेटिएको बताउँदै प्रहरीले घटनारबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्