| मङ्लबार, कार्तिक २४, २०८३

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

१३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का २२ बर्षीय सुनिल सुनारलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार फागुन १८ गते राती करिव दश बजेको समयमा सुनारले बालिकालाई जवरजस्ती करणी गरेका थिए । पीडितका आफन्तले फागुन २६ गते सुनारबिरुद्ध प्रहरीमा जाहेरी दिए । सोही जाहेरीको आधारमा सुनारलाई शनिवार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

‘घटना पश्चात प्रतिवादी फरार थियो,’ उनले भने, ‘खोजतलासको क्रममा हिजो पानपा २ बाट पक्राउ गर्न सफल भयौँ ।’ पक्राउ परेका सुनारबिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्