| मङ्लबार, अशोज १२, २०८३

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता सुरु

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता सुरु भएको छ । गोरखा जेसीजको आयोजनामा शुक्रवारबाट प्रतियोगिता सुरु भएको हो । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन लिग चरणका आठ खेल सम्पन्न भएका छन् । आज शनिवार सेमिफाइनल र फाइनल खेल हुने गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले बताए ।

प्रतियोगितामा राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक दुलालको मातहतमा रहेको ‘एरिया बि’ का ८ शाखाहरुका टिमको सहभागिता रहेको छ । गोरखासहित वाग्लुङ, लम्जुङ, भानु नगरपालिका बन्दीपुर, ब्यासनगरपालिका दमौली, पोखरा लेखनाथ र शुक्लागण्डी जेसिजका टिम प्रतियोगिता सहभागी रहेको गुरुङले जानकारी दिए ।

प्रतियोगिताको बिजेता टिमले ५० हजार र दोस्रो हुनेले ३० हजार नगद पुरस्कार पाउने छन् । विभिन्न विधामा समेत नगद पुरस्कार राखिएको छ । युवाहरुको क्षमता बृद्धिसँगै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता गरिएको गुरुङले जानकारी दिए । खेलको माध्यमबाट बिभिन्न जिल्लाका जेसीजबीचको सम्बन्ध थप सुमधुर हुने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्