
सरकारी छाप किर्ते आरोपका फरार अभियुक्त पक्राउ
सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतले दोषी ठहर गरेका आरुघाट गाउँपालिका १ निवासी राजेन्द्र थापा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
फैसला कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीले ३२ बर्षका थापालाई पक्राउ गरेको हो । उनलाई आइतबार जिल्ला अदालतको आदेश अनुसार कारागार पठाइएको प्रहरीले जनाएको छ । सरकारी छाप किर्ते गरेको आरोममा मुद्दा खेपिरहेका थापालाई अदालतले ११ महिना तीन दिन कैद तथा ५० रुपैया जरिबाना सजायँ तोकिएको थियो ।




