
नेवाः देय दबू गोरखामा पुनः श्रेष्ठ
नेवाः देय दबू जिल्ला समिति गोरखाको अध्यक्षमा पुनः देवीप्रसाद श्रेष्ठ चयन भएका छन् । सोमवार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो सम्मेलनले पुनः श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा रामबाबु श्रेष्ठ, उपाध्यक्षमा सिताराम श्रेष्ठ, महिला उपाध्यक्षमा कोमल श्रेष्ठ, महिला सचिवमा बिमला श्रेष्ठ र कोषाध्यक्षमा रुसबाबु जोशी चयन भएका छन् । सदस्यहरुमा कृष्ण श्रेष्ठ, गणेशमान श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, थिरभक्त (नवराज) श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ, बुद्ध शाही, कल्पना श्रेष्ठ, गौतम श्रेष्ठ र रिता श्रेष्ठ रहेका छन् ।
श्रेष्ठको अध्यक्षता तथा नेवाः देय दबू केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य बिद्या मास्के, आदिवासी जनजाती महासंघ समन्वय परिषद गोरखाका अध्यक्ष बिष्णु राना मगर, संस्थाका पालिका समिति अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, नगर समिति अध्यक्ष राहुल बज्राचार्य, नेपाल पत्रकार महासंघ गोरखाका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल, संस्थाका जिल्ला सल्लाहकार मोहनलाल श्रेष्ठ, प्रदेश सचिव पुष्पा श्रेष्ठ, प्रदेश सल्लाहकार भगवानबाबु मास्के लगायतले मन्तव्य राखेका थिए ।




