| मङ्लबार, अशोज १२, २०८३

राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा गोरखालाई एक रजत, दुई कास्य पदक

चौँथो कृष्ण प्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा गोरखाले एक रजत र दुई कास्य पदक जितेको छ । यही फागुन १६ देखि १८ गतेसम्म ललितपुरमा भएको प्रतियोगितामा गोरखाका खेलाडीहरुले गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै उक्त पदक जितेको हो ।

प्रतियोगितामा जिल्लाबाट बसन्त परियार, बमिन गुरुङ, सक्षम लामा र बिशाल थापा मगरले सहभागिता जनाएका थिए । जिल्ला स्तरबाट छनौट भएर प्रदेश स्तर हुँदै उनीहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका हुन् । जसमा एकल कातातर्फ बसन्त परियारले कास्य पदक जितेका छन् ।

यस्तै, फाइटतर्फ ५० केजी तौलमा बमिन गुरुङले कास्य पदक र अन्डर ६७ केजीको फाइटमा सक्षम लामाले रजत पदक हात पारेको प्रतियोगिताको गण्डकी प्रदेश प्रशिक्षक बुद्ध लामाले बताए । प्रदेशबाट २१ जनाले सहभागिता जनाएकोमा कुल २ वटा रजत र ७ वटा कास्य पदक जितेको उनले जानकारी दिए । प्रतियोगितामा नेपाल प्रहरी टिम, शसस्त्र प्रहरी टिम, नेपाली सेनाको टोली र सात प्रदेशबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्