| मङ्लबार, कार्तिक २४, २०८३

मगर राष्ट्रिय मुक्ति मोर्चामा कोकिल पुलामी मगर

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको गोरखा जिल्ला अध्यक्षमा कोकिल पुलामी मगर चयन भएका छन् । मोर्चाको शनिबार सम्पन्न जिल्ला भेलाले पुलामीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको सचिवमा रविर राना चयन भएका छन् ।

मोर्चाका अध्यक्ष भक्तराम राना मगरको अध्यक्षता एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अमर तमुको प्रमुख आतिथ्यता सम्पन्न भेलामा मोर्चाको वैकल्पिक केन्द्रीय सदस्य एवं पू्वमन्त्री लेखबहादुर थापा मगर, मोर्चाका केन्द्रीय उपाध्यक्ष छमाया थापा मगर, केन्द्रीय उपाध्यक्ष एवं गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगर, तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सहसंयोजक धना तमु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्