
गोरखामा आठ हजार बढीले लगाए एचपीभी खोप
जिल्लाका दश हजार बढी किशोरीले पाठेघरको मुखको क्यान्सर बिरुद्ध लगाइने एचपीभी खोप लगाएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार केही दिनअघि संचालन भएको अभियानमा कुल ८ हजार १ सय ४५ जना किशोरीलाई खोप लगाइएको हो ।
पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले केही दिन अघि राष्ट्रिय रुपमा खोप अभियान संचालन गरेको थियो । अभियान अन्तरगत विद्यालयमा पढ्नेको हकमा ६ देखि १० कक्षासम्मका किशोरी र स्कुल नजानेहरुको हकमा १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप दिइएको छ ।
जिल्लामा ६ देखि १० कक्षासम्म अध्ययनरत १० हजार ८१ जना किशोरी र स्कुल नजाने १० देखि १४ वर्ष उमेर समूहका ६४ जनालाई खोप दिइएको कार्यालयका खोप कोल्डचेन सहायक प्रमिस अम्गाईले बताए । ‘बिद्यालय जानेको हकमा १० हजार २ सय १७ र विद्यालय बाहिर रहेका ५६ जनालाई खोप लगाउने लक्ष्य राखेका थियौ,’ उनले भने, ‘विद्यालय जानेहरुको हकमा केही विद्यार्थीहरु अनुपस्थित भए तर विद्यालय नजानेहरुको हकमा केही सङख्या थपिए ।’




