
पर्यटन प्रवद्र्धनका लागि खेल क्षेत्रलाई पनि समेटौ
पछिल्लो समय जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुने क्रम बढ्दो छ । यो बर्ष जिल्लामा राम्रै स्तरका खेलकुद प्रतियोगिताहरु भए, केही हुन बाँकी नै छ । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न भएको मनकामनादेखि गोरखा दरवारसम्मको म्याराथन दौड प्रतियोगिता होस् वा हालै सम्पन्न गोर्खाली रनिङ कप फुटवल प्रतियोगिता, जिल्लाको पर्यटन प्रवद्र्धनमा यिनीहरुले पु¥याएको योगदान अतुलनिय छ ।
खेल क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो यो । यो बर्षलाई गोरखा नगरपालिकाले गोरखा भ्रमण बर्ष घोषणा गरिसकेको छ । भ्रमण बर्षको मुख्य लक्ष्य भनेको जतिसक्दो धेरै पर्यटकलाई गोरखा भ्रमण गराउने भन्ने नै हो । धार्मिक र ऐतिहासिक महत्वका धरोहर र स्थानीय कला र संस्कृतिले पर्यटकलाई आकर्षण गर्छ नै सँगै खेल क्षेत्रले पनि पर्यटन प्रवद्र्धनमा ठुलै योगदान पु¥याउछ ।
प्रदेश र केन्द्रिय स्तरका प्रतियोगिताहरु जिल्लामा संचालनका लागि पनि अव पहल थाल्नुपर्छ । तर त्यसका लागि आवश्यक पूर्वाधारहरु तयार गर्नुपर्ने हुन्छ । प्रतियोगिता गर्नका लागि भौतिक लगायतका सबै पक्षले जिल्ला सवल छ वा छैन एकपटक पुनर्विचार पनि गर्नु आवश्यक हुन्छ ।
आवश्यक खेलमैदानको अभाव झेलिरहेको गोरखा सदरमुकाममा पर्यटकको चाप थेग्न सक्ने गरी होटल तथा लजको व्यवस्थापन हुन्छ हुदैन, उनीहरुले गणस्तरीय सेवा दिन सक्छन् सक्दैनन् र प्रतियोगिता संचालनका लागि भौतिक संरचनाले जिल्ला सवल छ वा छैन पुनर्विचार गर्ने र छैन भने पहिले त्यस्ता तयारीहरु पुरा गरेर मात्र प्रतियोगितालाई जिल्लामा स्वागत गर्नु बुद्धिमानी हुन्छ ।
त्यसैले एक त खेलमैदान लगायत आवश्यक कुराहरुको स्तर बढाऔ, केन्द्रिय स्तरका खेलहरु जिल्लामा संचालनका लागि पहल गरौ अनि पर्यटन प्रवद्र्धन स्वत हुन्छ । खेलकुद प्रतियोगिताहरुका संख्या बढोस् ।




