| मङ्लबार, अशोज १२, २०८३

गोर्खाली रनिङ कपः चाइनिजधारा फेमेली र हरमटारी क्लव फाइनलमा भिड्दै

जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको ‘नवौँ गोर्खाली रनिङ कप’को फाइनलमा चाइनिजधारा फेमेली र आयोजक हरमटारी क्लव भिड्ने भएका छन् । हरमटारीस्थित खेलमैदानमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न सेमिफाइनलमा दुई खेलहरु सम्पन्न भएका थिए ।

पहिलो खेलचाइनिजधारा फेमेली र समिचौर युथ क्लव गोनपा–१० बीच भएको थियो । उक्त खेलमा ८–१ को फराकिलो गोल अन्तरले चाइनिजधारा फेमेली फाइनमा प्रवेश गरेको छ । यसैगरी, आयोजक हरमटारी क्लव र लक्ष्मीबजार हर्ट क्लवबीच भएको दोस्रो खेलमा लक्ष्मीबजारलाई २–१ ले हराउँदै आयोजक क्लव फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल अन्तरगत बुधबार दिउँसो १ बजे चाइनिजधारा फेमेली र हरमटारी क्लव एक आपसमा भिड्ने छन् । प्रतियोगिताको उपाधि बिजेता टिमले चार लाख नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले दुई लाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

खेलमा अनुशासित टिमलाई ३५ हजार, सवोृकृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदीयमान खेलाडीलाई प्रोत्साहनस्वरुप १० हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको क्लबले जनाएको छ । खेलमा सहभागी खेलाडीहरुको तीनलाख रकम बराबरको दुर्घटना बिमा समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्