| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा जबरजस्ती करणीको अभियोगमा शिक्षक पक्राउ

गोरखामा जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नं–८ घर भई हाल गोरखाको धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षक, ३५ वर्षिय कमल बहादुर बोहरा रहेका छन् ।
बोहराले १५ वर्षिय नाबालिका ‘ण कुमारी’ नाम परिवर्तितलाई गत पुषदेखि माघ २८ गतेसम्म पटक पटक जबरजस्ती करणी गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ ।
उनलाई यही फागुन ७ गतेपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका बोहरा विरुद्ध सोमबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्