| शुक्रबार, बैशाख १७, २०८३

हिमचुली सहकारीको नेतृत्वमा रामबाबु श्रेष्ठ

सदरमुकामको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २६ औ बार्षिक साधारण सभा तथा १४ औ अधिबेसनले रामबाबु श्रेष्ठ को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायणबाबु श्रेष्ठ, सचिव सहदेवप्रसाद श्रेष्ठ, सहसचिव बिनिता ज्ञवाली र कोषाध्यक्ष शुशील अर्याल रहेका छन् । सदस्यहरुमा किरणकुमार श्रेष्ठ, जिवनकुमार बस्नेत, सुमन ज्ञवाली, प्रेमध्वज थापा, अमृत विक र पम्फा रोका चयन भएका छन् । समितिको सदस्यमा केशव बस्नेत र नवराज उपाध्याय रहेका छन् । अब बस्ने कार्यसमितीको बैठकले ऋण, शिक्षा र महिला उप समिति गठन गर्ने सहकारीका ब्यबस्थापक प्रेम श्रेष्ठले जान कारी दिए । संस्थाको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा ऋषिराम सापकोटा चयन भएका छन् । संस्थाले एक बर्षमा १८ लाख ४४ हजार ५ सय ८९ रुपैया मुनाफा गर्न सफल भएको श्रेष्ठले बताए । १४ करोड ७५ लाख रुपैया कुल पुजी रहेको सहकारीले ११ करोड ४७ लाख १७ हजार १ सय ४० रुपैया लगानी गरेको आर्थिक प्रतिबेदनमा उल्लेख छ । यस्तै, सहकारीमा १० करोड ८१ लाख ५५ हजार २ सय १० रुपैया कुल बचत र १ करोड ५३ लाख ८५ हजार रुपैया शेयरपुँजी रहेको छ । संस्थाका निवर्तमान अध्यक्ष दिलिप देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, जिल्ला सहकारी संघ अध्यक्ष बाबुराम कोईराला, वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, संस्थाका कानुनी सल्लाहकार यादव शर्मा, संस्थाकी उपाध्यक्ष तुलसा मरहट्टा, पूर्व अध्यक्ष गोबर्धन आचार्य लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्