| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेसको स्थानीय तह समन्वय विभागमा गोरखाका राजु गुरुङ मनोनित

नेपाली कांग्रेसले स्थानीय तह समन्वय विभागमा गोरखाका राजु गुरुङलाई मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले सिरानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङलाई मनोनित गरेका हुन् ।

नेपाली कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री मधु आचार्यको नेतृत्वमा विभाग गठन गरेको जनाएको छ । सो विभागको सदस्यमा गोरखाका गुरुङलाई पनि मनोनित गरेको विज्ञप्तिमा जनाइएको छ ।

साथै अन्य सदस्यहरुमा गीता सत्याल(ललितपुर), उमा थापा(बाँके), विनोद यादव(महोत्तरी), रविन राई(मोरङ), हेमराज लामिछाने(चितवन), पुरुषोत्तम नेपाल(काभ्रेपलाञ्चोक), बाबुकृष्ण सापकोटा(धादिङ), गोरखबहादुर सुनार(जुम्ला), निर्प खड्का(कैलाली) रहेका विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्