
बाल मन्दिर माविका आवासीय अनाथ बालबालिकालाई खाद्यन्न सहयोग
गोरखा नगरपालिका–६ छहरेस्थित बाल मन्दिर माविका आवासीय अनाथ छात्र–छात्रालाई खाद्यान्न सहयोग प्रदान भएको छ । पालुङ्टार नगरपालिका वडा न १. खोप्लाङ निवासी शम्भुराज पाण्डे तथा श्रीमती कूल कुमारी पाण्डेले अनाथ बालबालिकाका लागि खाद्यान्न सहयोग गरेका हुन् ।
सहयोग सामाग्री शनिबार एक कार्यक्रम गरी उनका छोरा–बुहारी भार्गबबावु पाण्डे तथा साधना त्रिपाठीले विद्यालयका प्रधानध्यापक अनन्त न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
पाण्डे दम्पतीले विगत तीन वर्षदेखि बाल मन्दिर माविका आवासीय अनाथ छात्र–छात्रालाई खाद्यान्न सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिदैँ यसबर्ष पनि खाद्यन्न सहयोग गरेको विद्यालयले जनाएको छ ।




