| मङ्लबार, कार्तिक २४, २०८३

प्रधानमन्त्री प्रतिभा पुरस्कार पाउने १० जनामा गोरखाका तीन

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्ने १० जनामध्य गोरखाका तीनजना रहेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा घोषणा गरिएका पुरस्कृत १० जनामध्य गोरखाका तीन जना परेका हुन् ।

शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरिएको हो । ७५ औं प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक गरिएका नामहरुमा गोरखा आरुघाटकी चर्चित आरोही पूर्णिमा श्रेष्ठसहित तीनजनाको नाम घोषणा गरिएको थियो ।

जसमा पालुङटार नगरपालिका १ खोप्लाङ स्थायी ठेगाना भई देशभर मानवसेवा आश्रम सञ्चालन गरेका रामजी अधिकारी पनि छन् ।त्यस्तै विज्ञान प्रविधिमा उल्लेख्य काम गरेका हरिराम श्रेष्ठ रहेका छन् । उनीहरुलाई विशेष समारोह आयोजना गरी जनही पाँच लाखका दरले पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्