
सिरानडाँडाका छेङी लामा मृत भेटिए
अजीरकोट गाउँपालिका ४ सिरानडाँडा निबासी छेँङी लामा मृत भेटिएका छन् । गत पुसको २५ गतेदेखि हराइरहेका ८० बर्षे छेङीको शव मंगलबार थरथरेभीर पाखामा भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयले खोजतलास गर्ने क्रममा भीरमा मृत अबस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनसाथ भच्चेक प्रहरी चौकीबाट र इप्रका जौबारीबाट प्रहरी टोली त्यहाँ पुगेको प्रहरीले बताएको छ । मृतक छेङीँ लामाका छोरा तेन्जिङ लामाले बुबाको शव पहिचान गरेको प्रहरीको भनाइ छ ।




