
कुटपिटको आरोपमा पक्राउ परेकाहरु बिरुद्ध मुद्दा दर्ता
गोरखा नगरपालिका–६ पाटेचौरका क्रिस थापालाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१० का २१ बर्षीय सुजन थापा मगरसहित अन्य तीन जना रहेका छन् ।
तीन जना नावालक भएकाले नाम सार्वजनिक गर्न नमिल्ने बताउँदै प्रहरीले उनीहरुमध्ये दुई जना १५ बर्ष र एक जना १७ बर्ष उमेर समूहको रहेको बताएको छ । गत माघ २९ गते बेलुकी सात बजे गोरखा नगरपालिका–७ धारापानीमा मदिरा सेवन गरी वादविवाद हुदाँ उनीहरुले क्रिसमाथि आक्रमण गरेका थिए ।
उनीहरुले प्रहार गरेको लाठीबाट क्रिसको टाउँको गम्भिर चोट लागेको थियो । चितवन मेडिकल कलेजमा उपचार पश्चात उनी आइतवार डिस्चार्ज भएका छन् । तर उनी राम्रोसँग अझै हिडडुल गर्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।




