| मङ्लबार, कार्तिक २४, २०८३

शहिद लखन ७ का महिला कृषकलाई अनुदानमा मौरी घार र बंगुर पाठा

शहिद लखन गाउँपालिका वडा नम्वर ७ का महिला कृषकलाई अनुदानमा मौरी घार र बंगुरको पाठा वितरण गरिएको छ । वडाको महिला आयआर्जन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा मौरीसहितको घार र बंगुर पाठा वितरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

‘वडाभित्रका महिला कृषकसँग हामीले १५ दिने सूचना निकालेर आवेदन माग गरेका थियौ,’ उनले भने, ‘परेको आवेदनबाट छनोट गरेर १९ जनालाई मौरी घार र २३ जनालाई बंगुर पाठा वितरण गरेका हौ ।’ उनका अनुसार मौरीका लागि ३५ जना र बंगुर पाठाका लागि ३१ जना महिला कृषकहरुले आवदेन दिएका थिए ।

आइतवार वडा कार्यालयमा एक कार्यक्रमकाबीच किसानहरुलाई मौरी घार र बंगुर पाठा वितरण गरिएको हो । उक्त कार्यक्रमका लागि वडाले दुइ लाख रकम विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्