| सोमवार, कार्तिक २३, २०८३

पहिलो पटक शिक्षक महासंघ गठन

लामो समयको प्रयत्नपछि गोरखा मा शिक्षक महासंघ गठन भएको छ । जिल्लामा क्रियाशील सबै शिक्षक संघ–संगठन मिलेर शनिबार महासंघ गठन भएको हो । धुब्रकुमार भट्टको अधयक्षतामा ३१ सदस्यीय महासंघ बनेको हो । भट्ट एकिकृत अखिल नेपाल शिक्षक संगठन संवद्ध हुन् । समितिको सह–अध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठन संवद्ध राजन कट्टेल, उपाध्यक्षमा नेपाल शिक्षक संघ संवद्ध उदय भट्ट र उर्मीला बिष्ट, सचिवमा संघ संवद्ध श्याम प्रसाद लामिछाने रहेका छन् । समितिको अर्थ सहसचिव अनिल कुमाल सहित अन्य ८ सह सचिव र १८ सदस्य छन् । निर्माण ब्यबसायी संघको हलमा भएको भेलाले १५ जना प्रदेश प्रतिनिधि र १२ जना संघ प्रतिनिधी चयन गरेको छ । महासंघ जिल्ला समितिमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल रािष्ट्रय शिक्षक संगठन, अखील नेपाल शिक्षक संगठन र नेपाल विद्यालय कर्मचारी परिषद मा आबद्ध शिक्षकहरु आबद्ध छन् । नेपाल शिक्षक संघका अध्यक्ष लुमनाथ लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह अध्यक्ष पुर्णप्रसाद दवाडीले पुर्ण अधिकार प्राप्तिका लागि अझै संघर्ष गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खेमराज पौडेल, स्थानीय तहका शिक्षा अधिकारीहरु सुवास अधिकारी, दिपेन्द्र परियार, उदय भट्ट, गोरखा क्याम्पसका उपप्राध्यापक भद्र त्रिपाठी, स्रोतब्यक्ति मोहन विष्ट, नेपाल राष्ट्रिय शिक्षक संगठनका राजन कट्टेल, एकिकृत अखील नेपाल शिक्षक संगठनका टिकाराम श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्