| मङ्लबार, कार्तिक २४, २०८३

मसेलमा अन्नपूर्ण मन्दिर शिलान्यास

भिमसेनथापा गाउँपालिका–१ मसेलको गैराथोक स्थित अन्नपूर्ण देविको मन्दिर शिलान्यास गरिएको छ । बुधबार पलिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती र भीमसेनथापा गाउँपालिका वडा नं १ का वडाअध्यक्ष बिकास श्रेष्ठले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरेका हुन् ।

२०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको मन्दिरको पुननिर्माण हुन लागेको वडा अध्यक्ष बिकास श्रेष्ठले बताए । वडाको साढे चार लाख बजेटमा मन्दिर पुन निर्माण गर्न लागिएको उनले जानकारी दिए । ‘करिब एक महिना भित्र सम्पन्न हुने लक्ष्यका साथ काम सुरु गरिएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्