बन्दको फेक हल्लाबाट साबधान
सामाजिक सञ्जालका धेरै फाइदाहरु छन् । कुनै पनि ठाउँमा भएका घटना तथा बिभिन्न गतिबिधि तत्कालका तत्काल सबैतिर प्रचार प्रसार हुन्छ । विश्वभर फैलिएर रहेका आफन्तजन, साथीसंगीसंग संवाद, सञ्चार गरिरहन मिल्छ । त्यसैले सामाजिक सञ्चालमा जोडिनु उपयुक्त नै हुन्छ ।
तर बेफाइदा पनि त्यतिकै छन् । फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगबाट अफबाह फैलिरहेका हुन्छ । हुँदानहुँदा, चाहिँदा नचाहिँदा खालका खबर पनि सामाजिक सञ्जालमार्फत फैलिरहेका हुन्छन् । एकजनाले बद्नियतबश पोष्ट गरेका कुरा अरुले अन्धधुन्ध विश्वास गरी सेयर गरिदिन्छन् । फलस्वरुप अनावश्यक कुराको प्रचार हुन्छ ।
पछिल्लो समय बन्दको हल्ला यसरी नै चलिरहेका छन् । कृत्रिम बन्दकर्ता सिर्जना गरी कृतिम कारण सिर्जना गरी बन्दको अफबाह फेसबुक लगायतका सामाजिक सञ्जालबाट भइरहेका छन् ।
सामाजिक सञ्जाल मात्र होइन, जथाभावी खुलेका अनलाइन तथा ब्लगहरुले जथाभावी समाचार लेख्छन् । तिनमै विश्वास गरेर कतिपयले सेयर गर्छन्, पेष्ट गर्छन्, लाइक, कमेन्ट गर्छन् ।
सुझबुझ भएकाहरुले त्यस्ता बद्नियपूर्वक लेखिएका त्यस्ता अनलाइन, ब्लगहरुमा क्लिक समेत गर्नु हुदैन । स्थापित ब्यक्तिहरुले सञ्चालन गरेका, स्थापित अनलाइनमा पढेर त्यस्ता सन्देश, समाचार सत्य हुन् कि होइनन् प्रमाणित गर्नुपर्छ ।
बन्दको बिषयमा बन्दकर्ताले २४ घण्टाअघि प्रहरी, प्रशासन, पत्रकारहरुमा विज्ञप्ति उपलब्ध गराउनु पर्ने प्रावधान छ । बन्द हो वा होइन जान्न चाहनेले उपरोक्त स्रोतबाट जानकारी लिनु मनासिब हुन्छ । बिनासित्तिका फेक हल्लाको बिश्वास र दुश्प्रचारमा आफू पनि भ्रममा नपरौं, अरुलाई पनि नपारौं ।




