| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेमा दन्त उपचार शिविर, ६५ जनाले सेवा लिए

धार्चे गाउँपालिका ५ सिङ्लामा दन्त उपचार शिविर सम्पन्न भएको छ । हिमालय यात्रा नामक सामाजिक संस्थाले सिङ्लामा एक दिने दन्त शिविर सम्पन्न गरेको हो ।

शिविरमा दाँतको समस्या भएका ६५ जनाले सेवा लिएका हिमालय यात्राका अध्यक्ष रामबहादुर गुरुङ(सुक)ले जानकारी दिए । उनका अनुसार शिविरमा तीनजना दन्तरोग विशेषज्ञहरुले सेवा दिएका थिए ।

‘दुर्गम गाउँठाउँमा दाँतको समस्या भएका बिरामी धेरै हुन्छन् । त्यसैले हाम्रो संस्थाले दाँतको शिविर यसअघिदेखि गर्दै आएको हो’, उनले भने, ‘अब बिहिबार खोर्लाबेशीको धार्चे आधारभूत अस्पतालमा शिविर गर्छौँ ।’ सिङ्लामा बिगत चारबर्ष अघिदेखि शिविर गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्