
सामाजिक सञ्जाल बिधेयक परिमार्जन गर्न शान्ति समाजको माग
सरकारले राष्ट्रिय सभामा पेश गरेको सामाजिक सञ्जाल बिधेयकलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाले माग गरेको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै समाजले उक्त बिधेयकका केही प्रावधान संविधानमा उल्लेख भएको मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत रहेको जनाएको छ ।
‘उक्त बिधेयकका केही प्रावधान संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत दुरुपयोग हुन सक्ने सम्भावना रहेकोले विज्ञ तथा सरोकारवालाहरुसँग व्यापक परामर्श गरी बिधेयकलाई मौलिक हक, मानव अधिकार र प्रयोगकर्ता मैत्री बनाउन सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आग्रह गर्दछौँ,’ समाजका जिल्ला सभापति शरद श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई आम नागरिकको पहुँचमा पु¥याउन र सहज तुल्याउन प्रोत्साहन हुने हिसावले विधेयक परिमार्जन गर्न समाजले आग्रह समेत गरेको छ ।




