
युवतीसित मिलेर पुरुष लुटपाट गरेको आरोपमा गोरखाका एकसहित चारजना पक्राउ
युवतीसित मिलेर एक पुरुषलाई लुटपाट गरेको आरोपमा गोरखाका एकसहित चारजना पक्राउ परेका छन् । काठमाडौँको बत्तीसपुतलीमा एक पुरुषमाथि लुटपाट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका १३ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका जनेद हुसेनसहित चार जना पक्राउ परेका हुन् ।
गत शुक्रबार राती साडे १० बजे बत्तिसपुतलीस्थित सडकबाट ‘गेष्टहाउस जाउँ’ भन्दै एकान्तमा लगेर युवतीले अन्यसाथीहरुसँग मिलेर लुटपाट गरेको आरोप छ । लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले चितवनको पिप्ले घर भई हाल काठमाडौँको सिफल बस्ने १० वर्षकी रश्मि क्षेत्री, वीरगन्ज महानगरपालिका ३२ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका परबेस अन्सारी, सोही ठेगानाका १८ वर्षकै नजमुदिन अन्सारी र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
सुनसरी घर भई हाल काठमाडौँको कागेश्वरी नगरपालिकाका बस्ने ३५ वर्षीय पुरुषलाई रश्मिले गेष्टहाउस जाउँ भन्दै एकान्तमा लगेर लुटपाट गरेको आरोप छ । उनको साथबाट मोवाइल, पर्स र घडी लगायतका सामान लुटपाट भएको थियो ।




