| सोमवार, कार्तिक २३, २०८३

हिलेपोखरी, मान्द्रेढुंगा छेपेटार सडक सबै कालोपत्रे गर

गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको एक किलोमिटर खण्ड हालै कालोपत्रे भएको गर्ने काम सम्पन्न भएको छ । नेपाल सरकार, सडक विभागको एक करोड रुपैयाँ लागतमा उक्त सडकखण्डको ९०७ मिटर सडक कालोपत्रे भएको हो ।

क्रोनिक ठेक्काहरुको भीडमा यो काम भने निर्धारित समयभन्दा पहिल्यै सम्पन्न भएको छ, यो सुखद समाचार हो । यसका लागि निर्माण कम्पनीहरु डाइमण्ड इन्फ्रास्ट्रक्चर, गोरखा धन्यवादका पात्र छन् । आउँदो असार मसान्तभित्र सम्पन्न हुनुपर्ने काम माघभित्रै सम्पन्न हुनु सुखद समाचार हो ।

बिसौनीमोडबाट गोरखा क्याम्पससम्मको सडक कालोपत्रे भइसकेको छ । मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको लम्बाई आठ किलोमिटर छ । हालसालै त्यहाँबाट एक किलोमिटर परसम्म पनि कालोपत्रे भएको छ । अब बाँकी सडक पनि कालोपत्रे गर्नुपर्ने आवश्यकता छ । किनभने यो सडकको ट्रयाक खनेको दशकौं भइसकेको छ ।

संघकै एक करोड बजेटमा थप पाँचसय मिटर सडक कालोपत्रेसहित नाला र कलभर्ट निर्माणको काम यही आर्थिक वर्षभित्र हुँदै छ । गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकखण्डको अधिकांश भेगमा नाला निर्माण भइसकेको छ । अब कालोपत्रेको कामका लागि पनि ढिलाइ गर्नु हुदैन ।

त्यस्तै गोरखा बजारभित्रको सडक चौडा बढाउने, ढल निकासलाई स्तरोन्नति गर्ने र फुटपाथलाई व्यवस्थित गर्ने योजनाको काम सुरुवात गरिएको छ । काम सुरु भयो । बजारभित्र धुलो उँडेर सकस छ, तर काम भने रोकिएको छ । यसले अझै कति समयसम्म बजार धुलाम्मे हुने हो, पसलहरुका सामान कति समयसम्म धुलाम्य हुने हो अन्यौल छ ।

बजारभित्रको क्षेत्र भनेको सम्वेदनशील क्षेत्र हो, जहाँ जतिसक्दो धेरै स्रोत, साधन र जनशक्ति प्रयोग गरी यथासक्य छिटो काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्