
फोनिज चितवनको अध्यक्षमा गोरखाका तुलमान गुरुङ निर्विरोध
नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले अजीरकोट ४ सिम्जुङका गुरुङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक राना, सहसचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा बबिलाल तामाङ, सूचना गुरुङ, मुना मगर, देवकुमार थापा मगर, विनिता श्रेष्ठ, सबिता महतो, सन्तोष तामाङ र शिव कुमारी चेपाङ निर्वाचित भएका छन् ।




