| मङ्लबार, कार्तिक २४, २०८३

पत्रकार दानबहादुर गुरुङसहित तीनजना सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले पत्रकार दानबहादुर गुरुङसहित तीनजनालाई सम्मान गरेको छ । शनिबार सम्पन्न दशौं साधारण सभा तथा पाँचौँ अधिवेशनको अवसरमा चितवनस्थित इच्छाकामना एफएमका स्टेशन म्यानेजर गुरुङसहित तीन जनालाई सम्मान गरिएको हो ।

गुरुङलगायत अन्य तीनजना पत्रकार तथा सञ्चारकर्मीलाई प्रमुख अतिथि वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् । १५ वर्षदेखि रेडियोमा निरन्तर एफएममा आवद्ध भई सूचना, संचारको क्षेत्रमा क्रियाशील रहेको भन्दै उनलाई सम्मान गरिएको फोनिजले जनाएको छ ।

गुरुङसंगै आदिवासी जनजाति पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठ र नागरिक दैनिकका संवाददाता बसन्त ढुंगानालाई लाई पनि फोनिजले सम्मान गरेको छ । ढुंगानालाई पत्रकारिता मार्फत जनजातिको आवाजलाई योगदान दिएको र श्रेष्ठलाई संस्थाको कुशल नेतृत्व गरेको भन्दै सम्मान गरिएको हो । इच्छाकामना गाउँपालिका फिस्लिङ निवासी गुरुङ प्रेस सेण्टर गोरखाका निवर्तमान अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्