| मङ्लबार, कार्तिक २४, २०८३

वल्ड क्यापिटल स्काउट ट्रुफको तीन दिने एड्भेन्चर क्याम्प सम्पन्न

वल्ड क्यापिटल माध्यमिक बिद्यालयको स्काउट ट्रुफले संचालन गरेको तीन दिने एड्भेन्चर क्याम्प सम्पन्न भएको छ । गोरखा नगरपालिका–१० छेवेटारमा गत बिहीवारबाट क्याम्प सुरु भएको थियो । भरतपुर पाइनियर ओपन क्रिउको प्राविधिक सहयोगमा संचालित क्याम्पमा २५ किसिमका बिभिन्न एड्भेन्चर खेलहरु भएको बिद्यालयका स्काउट शिक्षक मित्र देवकोटाले बताए ।

उमेगा जम्प, जिप लाइन, स्काई साइक्लिङ, टनेल हल्ट, टायर क्रसिङ, नेट क्लाइम्बिङ, स्काई वाकिङ, कमाण्डो ब्रिज र ट्युब ¥याफिटङ जस्ता खेलहरु संचालन भएको उनले जानकारी दिए । उक्त खेलमा १ सय ३० जना स्काउट बिद्यार्थी सहभागी थिए । क्याम्प संचालनका लागि २५ वटा टेन्ट बनाइएको थियो ।

क्याम्पको शनिवार एक कार्यक्रमका बीच समापन गरिएको छ । कार्यक्रममा बिभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । लगजियम्बरका बैतनिक राजदूत श्रीराम लामिछाने, भरतपुर क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, तिर्थराज न्यौपाने र मज्जुदेवी अर्याल सम्मानित भएका हुन् ।

बिद्यालयका प्रधानाध्यापक जनक केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउटका वि.पि पिक प्रथम पटक आरोहण गर्ने नरेश महर्जन, नेपाल स्काउट गण्डकी प्रदेशका प्रमुख आयुक्त सागर पौडेल, पायोनियर ओपन क्रिउका प्रमुख रमेश सितिखु, वल्ड क्यापिटल स्काउटका संरक्षक सुरेन्द्र कुवँर, वडा नं. १० का अध्यक्ष प्रदिप कुवँर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्