| मङ्लबार, कार्तिक २४, २०८३

कर्मचारी संगठनमा भट्टराई र स्वास्थ्यकर्मी महासंघमा श्रेष्ठ

नेपाल निजामति कर्मचारी संगठन गोरखाको १३ औं अधिवेशनबाट अध्यक्षमा पुनः शारदाप्रसाद भट्टराई चयन भएका छन् । गोरखा सदरमुकाममा शनिवार सम्पन्न संगठनको १३ औँ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षहरुमा यमुना खनाल, सुन्दर श्रेष्ठ, सचिवमा अनिल गुरुङ, सहसचिवमा नवराज श्रेष्ठ र कोषाध्यक्षमा माधवप्रसाद चापागाई चयन भएका छन् । त्यस्तै राष्ट्रिय स्वास्थ्यकर्र्मी महासंघ गोरखाको ५ औँ अधिवेशनले नवराज श्रेष्ठ अध्यक्ष र उपाध्यक्षहरुमा रोशन बानियाँ, सविता बगाले, सचिवमा मोती कुमाल, उपसचिवमा राजाराम बानियाँ, कोषाध्यक्षमा नवराज रहेको ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेकपा एमाले गोरखाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एवं गोरखा इन्चार्ज राममणी ढुङ्गाना, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष जगत नेपाली, महासंघका अनुशासन आयोगका अध्यक्ष त्रिलोकचन्द्र गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्