| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु

गोरखामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेनथापा गाउँपालिका–४ धावा बटडाँडा बस्ने ५५ वर्षीय पोष्टबहादुर लामिछाने रहेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो १२ बजे आफ्नै घर पछाडिको बरको रुखबाट लडेर उनको मृत्यु भएको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । ‘रुखले घरमा छाया प¥यो भनेर हाँगा काट्न रुख चढेका रहेछन्,’ उनले भने, ‘त्यही क्रममा रुखबाट खसेर घटनास्थलमै उनको मृत्यु भयो ।’ उनको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्