| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा जेसिजका ३१ सदस्यको दुर्घटना बिमा

गोरखा जेसिजले पहिलो पटक आफ्नै खर्चमा सदस्यहरुको दुर्घटना बिमा गराएको छ । बिहीबार एक कार्यक्रम गरी प्रभू ईन्स्योरेन्स गोरखा शाखासँगको समन्वयमा जिल्ला कार्य समितिमा रहेका बोर्ड सदस्यहरु ३१ जनाको बिमा गराएको अध्यक्ष सुमन गुरुङले बताए ।

जेसिज लिडरसिप सम्बन्धी कार्यक्रम गर्ने संस्था हो । ‘हामीले समाजसेवा साथै लिडरसिप सम्बन्धी कार्यक्रमहरु आयोजना गरेका हुन्छौं, त्यसको लागी हाम्रा मान्छेहरु विभिन्न जिल्ला क्षेत्रहरुमा आवतजवत गर्नु पर्छ,’ उनले भने, ‘यात्राको क्रममा कसैलाई केही नहोस् त भन्छौं, तर कुन बेला के हुन्छ कसलाई के थाहा ?’

प्रति व्यक्तिले एक लाख सम्मको सेवा पाउने गरी संस्थाले पदाधिकारीहरुको बिमा गराएको अध्यक्ष गुरुङले जानकारी दिए । गोरखा जेसिजका सदस्यहरु दुर्घटनामा परेको खण्डमा जनधनको क्षती भएमा यसले केही भएनी सहयोग पुग्ने उदेश्यले बिमा गराएको उनले बताए ।

‘दुर्घटना होस् त हामी भन्दैनैं भए पनि पूर्व तयारी गरे राम्रो भनेर बिमा गराएका छौं,’ उनले भने । यो अभियान उनको कार्यकाल सम्मको लागि मात्रै भएको बताए । पछिल्लो कार्यकालका पदाधिकारीहरुले पनि यसलाई निरन्तरता दिने उनले अपेक्षा गरेका छन् । अहिले जेसिज गोरखामा ४० जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्