| मङ्लबार, कार्तिक २४, २०८३

ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र पुनर्गठन

गोरखा सदरमुकामस्थित ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र पुनर्गठन गरिएको छ । मंगलबार सम्पन्न ज्येष्ठ नागरिकहरुको भेलाले नवीन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए ।

ज्येष्ठ नागरिकहरु भेला हुने, भजनकीर्तन गर्ने, प्रवचन दिने, सुन्ने, दुख, सुखका भलाकुसारी गर्ने केन्द्रका रुपमा दिवा सेवाकेन्द्र स्थापना भएको थियो । सो सेवाकेन्द्रमा गोरखा नगरपालिका र सामाजिक विकास कार्यालयको सहयोगमा सेवाकेन्द्रमा उपस्थितहरुलाई खाजा तथा चियानास्ता उपलब्ध गराउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्