
स्कुटर दुर्घटनामा परी एक व्यक्तिको मृत्यु
गोरखामा स्कृटर दुर्घटनामा परी एक व्यक्ति मृत्यु भएको छ । मंगलबार बिहान अजिरकोट–३ भच्चेक घर भई हाल पालुङटार नगरपालिका–५ हवाईग्राउण्ड बस्ने २४ वर्षिय सुरेश गुरुङको मृत्यु भएको हो ।
गुरुङको आँफैले चलाएको बा.८२.प.२१९९ नंबरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पालुङटार नगरपालिका–५ लामागाउँ स्थित सडकखण्डमा दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।




