| मङ्लबार, कार्तिक २४, २०८३

अजीरकोटको सम्मेलनमा कांग्रेसभित्रको गुटफुट र एकजुटका कुरा

नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गतको अजीरकोट गाउँपालिका सम्मेलन आइतबार सम्पन्न भएको छ ।

पार्टीको गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, अर्का केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सरकारका मन्त्री सरस्वती अर्याल तिवारी, राष्ट्रिय सभाकी सदस्य तथा कांग्रेस नेतृ कमला पन्त, केन्द्रीय सदस्य अब्दुर सतारलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

त्यस्तै जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेश कमिटीका सदस्य प्रकाशचन्द्र दवाडी, महिला संघकी जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, गण्डकी प्रदेश स्थानीय तह समन्वय विभागका प्रमुख पूर्ण दाहाललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

गाउँ कार्यसमितिका सभापति जंगबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सम्मेलनमा बिगतमा पार्टीले सञ्चालन गरेको क्रियाकलाप र भावी कार्यक्रमको अन्तरक्रिया भएको थियो । सांगठनिक तथा विकास निर्माणको कामलाई सशक्त गर्न भूमिका खेल्नुपर्ने, विकास बजेटको कार्यान्वयनको चरणमा पारदर्शी गराउनका कांग्रेसले भूमिका खेल्नुपर्ने बारेमा पनि कुरा उठेको थियो । बिगतमा अन्तरघातले गर्दा पार्टीले हार बेहोर्नु परेको हुँदा आगामि दिनमा पार्टीभित्र अन्तरघातको संस्कृति अन्त्य हुनुपर्ने बहश उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्