| आइतवार, कार्तिक २२, २०८३

संस्थागत क्षमता स्वमूल्यांकनमा धार्चे अगाडि, गोनपा पछाडि

आर्थिक बर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लाका स्थानीय तहमध्ये धार्चे गाउँपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार धार्चेले सबैभन्दा धेरै ९४.७५ प्रतिशत अंक प्राप्त गरेको छ ।

उक्त पालिकाले सहकार्य र समन्वयतर्फ ९५.८३, भौतिक पूर्वाधारतर्फ ८८.४६ र बार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ९५.४५ प्रतिशत अंक ल्याएको छ । शहीदलखन गाउँपालिकाको अंक ८९.५ प्रतिशत रहेको छ । सहकार्य र समन्वयतर्फ १०० प्रतिशत अंक प्राप्त गरेको यस पालिकाले भौतिक पूर्वाधारतर्फ ८४.६२ र बार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ७२.७३ प्रतिशत अंक ल्याएको छ ।

अजिरकोट गाउँपालिकाले ८९ प्रतिशत अंक प्राप्त गरेको छ । सहकार्य र समन्वयतर्फ ९५.८३, भौतिक पूर्वाधारतर्फ ८६.५४ र बार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ९०.९१ प्रतिशत अंक ल्याएको नतिजामा उल्लेख छ । आरुघाट गाउँपालिकाको अंक ८४.५ प्रतिशत रहेको छ । सहकार्य र समन्वयतर्फ ८३.३३ र भौतिक पूर्वाधारतर्फ ५९.६२ प्रतिशत अंक ल्याएको उक्त पालिकाले बार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ८१.८२ प्रतिशत अंक प्राप्त गरेको छ ।

सबैभन्दा कम गोरखा नगरपालिकाले ७०.५ प्रतिशत अंक ल्याएको छ । सहकार्य र समन्वयतर्फ ७५ प्रतिशत अंक ल्याएको यस पालिकाको भौतिक पूर्वाधारतर्फ ५० प्रतिशत र बार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ५० प्रतिशतभन्दा प्रगति देखिएको छैन । ६ वटा पालिकाको भने नतिजा सार्वजनिक भएको छैन । भीमसेन थापा, चुमनुव्री, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट गाउँपालिका र पालुङटार नगरपालिकाको नजिता सार्वजनिक नभएको हो ।

प्रतिक्रिया दिनुहोस्